Comments Add Comment

थप कडा बन्दै काठमाडौं उपत्यकाको ट्राफिक चेकिङ, २२ स्थानमा २४ सै घण्टा प्रहरी खटिने

२ श्रावण , काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र सवारी चेकिङलाई थप कडा बनाउने भएको छ। विभिन्न स्थानमा चेक पोइन्टहरु राखेर सवारी चेकिङ तथा अनुमगन बढाउन लागिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डीआइजी मीरा चौधरीले बताइन्।

अबदेखि काठमाडौंका २२ स्थानमा २४ सै घण्टा चेकिङ हुने भएको छ। त्यस्तै, २२६ स्थानमा अस्थाई ड्युटीमा खटाइने भएको छ।

यसैगरी, ९३ ठाउँमा पिक आवर ड्युटी खटाइने छ भने ४० स्थानमा दैनिक बिहान, दिउँसो र राति चेकिङ हुने भएको छ।

यस्तै, लेन अनुशासन, नो हर्न लगायतका ट्राफिक नियमलाई कडा बनाएर लैजाने डीआइजी चौधरीले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै