Comments Add Comment

Advertisment

SKIP THIS

थप ४५७ जना कोरोना संक्रमित : ४८ जना डिस्चार्ज

२ श्रावण , काठमाडौं । पछिल्लो २४ घण्टामा ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अवधिमा ४ हजार ६ सय ५१ जनामा कोरोना परिक्षण गरिएकोमा ४५७ कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै, यस अवधिमा ९८ हजार ९ सय जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । हाल १७ सय ७६ जना कोरोनाका संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै