८ साउन , काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सात थान पासोसहित एक जना पक्राउ परेका छन ।
निकुञ्ज कार्यालय नाम्चेका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ फोर्चेमा रहेकाे बारीमा पक्षीलाई थापिएको पासोसहित सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ गुदेलका ५८ वर्षीय जितबहादुर राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई निकुञ्जको सुधार गृहमा राखेर अनुसन्धान सुरु गरिएकाे छ । २०३२ सालमा स्थापना भएको निकुञ्ज १ हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । यहाँ कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालीज, हिम कुखुरा, लालचुच्चे काग (टुङ्गा) र पहेँलो चुच्चे काग (टेमु ) लगायत १ सय ९३ प्रजातिका चरा पाइन्छन् ।


