Comments Add Comment

Advertisment

SKIP THIS

सांसदहरूलाई मास्क लगाउन सभामुख सापकोटाको आग्रह

१० साउन , काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले कोभिड सङ्क्रमण दर बढ्दै गएकोले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गरेका छन् ।

उनले भने–‘कोभिड सङ्क्रमण दर बढ्दै गएको माननीय सदस्यहरूलाई विदितै छ । संसद्को बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क लगाउन आग्रह गर्दछु ।’ मास्क नलगाई बैठक सञ्चालन गरिरहेका सापकोटाले सो आग्रहपछि मास्क लगाएर बैठक अघि बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै