११ साउन , काठमाडौं । १३ जना प्रहरी कर्मचारीहरु सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) नक्सालले मंगलबार एक सूचना जारी गर्दै सम्पर्कविहीन बनेका १३ प्रहरीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
हेडक्वाटरले गैरहाजिर भएकाहरुको नामावली सार्वजनिक गरेको छ । उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन पनि भनेको छ ।
सूचनामा उनीहरुलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिइएको छ ।
यी हुन् सम्पर्कविहीन भएका १३ प्रहरी हेर्नुहोस् सूचना: