Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागुऔषध सहित पक्राउ

१८ साउन , काठमाडौं । कोहलपुर नगरपालिका-८ बाबानगरस्थित पालगंजबाट करिब ५ ग्राम ५ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-५ एनसीसीएन बस्ने २८ वर्षीय निर्मल सिंह ठकुरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भे.११ प ७८१८ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब ८ ग्राम ५ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कोहलपुर नगरपालिका-१० बस्ने २९ वर्षीय दिपेश परियार र सोही नगरपालिका-७ बस्ने २९ वर्षीय नारायण बुढाथापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको भे.३ प २७६२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ फेदीबाट करिब ५ किलोग्राम अवैध लागुऔषध गाँजा सहित शहिदभूमि गाउँपालिका-७ बस्ने २६ वर्षीय प्रदिप राई र १७ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । को.३९ प ६५६७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, अर्जुनधारा नगरपालिका-११ बुट्टाबारीबाट करिब १ ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने २५ वर्षीया आइसा गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । आइसाको डेरामा लागुऔषध राखेको भन्ने विशेष सूचनाको आधारमा अस्थाई प्रहरी चौकी सालवारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

सर्लाहीबाट लागुऔषधसहित दुई पक्राउ

प्रतिबन्धित लागुऔषध सहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

सर्लाहीबाट लागुऔषधसहित दुई पक्राउ

प्रतिबन्धित लागुऔषध सहित पक्राउ