Comments Add Comment

Advertisment

SKIP THIS

चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि

१६ जेठ चेल्सी ।  चरिपरिचित प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीलाई पराजित गर्दै चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे ।

खेलको ४३ औँ मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन् । यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै