२३ चैत , काठमाडौं । धनुषामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार धनुषाको कमला नगरपालिका वडा नम्बर ५ स्थित भलुवाहा बस्ने २३ वर्षीय पंकज कुमार गुरमैतालाई ४९ थान एक सय एमएलको डाइलेक्स डिसि नामक प्रतिबन्धित लागू औषधसहित पक्राउ गरेको हो ।
मंगलबार राति धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ स्थित बल्हागोठस्थित सीमा ईलाकामा बीओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ज९प ७७६ नम्बरको मोटरसाइकलसहित लागू औषध बरामद भएको थियो । आरोपित गुरमैताको साथबाट लागूऔषध बरामद भएपछि उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएका छन् ।






