२७ माघ , काठमाडौं । पोखरा महानगरपालिका-२७ बगदी खोला भन्ने स्थानबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल फेनरागन, ४७ एम्पुल नुफिन र ४७ एम्पुल डाईजोपाम सहित सोही महानगरपालिका-१७ कुमाल गाउँ बस्ने २७ वर्षीय सरोज कुमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।



