२२ साउन , काठमाडौं । सबै एन्ड्रोइड फोनमा एउटै अनुभव पाउन सकिन्न । गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टमको आधारभूत कुराहरू तयार गर्दैगर्दा माेबाइल निर्माता कम्पनीहरूले आफ्नै निश्चित विशेषता थप गर्ने गर्छन् ।
गुगल आफैँले पनि एन्ड्रोइड फिचरको आधारमा आफ्नो स्मार्टफोन पिक्सेलमा अन्य फोनमा भन्दा फरक फिचरहरू थप गर्नेगर्छ । यसरी नै सामसङले एन्ड्रोइडको आधारमा आफ्ना फोनमा नयाँ फिचर थप गर्नेगर्छ ।
सामसङले एन्ड्रोइडको ‘वन यूआई’ संस्करण प्रयोग गर्छ । सामसङका केही यस्ता फिचर पनि छन्, जुन अन्य कम्पनीहरूको एन्ड्रोइड फोनमा पाउन सकिँदैन ।
१. प्रयोग नहुने एप लुकाउन सकिने फिचर
मोबाइलमा सधैँजसो प्रयोग हुने एपसँगै कहिलेकाहिँ मात्र प्रयोगमा आउने एपहरू पनि हुन्छन् । यदि प्रयोगकर्ता धेरै प्रयोग नगरिएका एपले आफ्नो स्क्रिनमा ठाउँ नलियाेस् भन्ने चाहन्छन् ।
किनकि यसले इन्टरफेसलाई अव्यवस्थित बनाउँछ, भने यसका लागि सामसङमा यस्ता एपलाई लुकाउने व्यवस्था छ ।
– मोबाइलको होम स्क्रिनबाट एप स्क्रिनमा जानुहोस् र स्क्रिनको माथिपट्टि दायाँतिर भएको तीनवटा थोप्लामा क्लिक गर्नुहोस् ।
– त्यसपछि सेटिङमा ट्याप गर्नुहोस् ।
– हाइड एप अप्सनमा क्लिक गर्नुहोस् ।
– आफूले चाहेको एप लुकाउन उक्त एपलाई सेलेक्ट गर्नुहोस् ।
२. डिभाइसलाई व्यवस्थित बनाउने फिचर
मोबाइलको सेटिङ एपमा गएर ब्याट्री एन्ड डिभाइस केयर अप्सनमा क्लिक गरेपछि फोनको स्क्रिनलाई व्यवस्थापन गर्ने विभिन्न अप्सनहरू भेटिन्छन्, जुन अन्य एन्ड्रोइड डिभाइसमा पाइँदैन ।
३. अल्वेज-अन डिस्प्लेलाई कस्टमाइज गर्नुहोस्
सामसङको स्मार्टफोनमा डिस्प्लेको नियन्त्रणमा प्रयोगकर्तामा बढी हुनेगर्छ । प्रयोगकर्ताले आफ्नो लक स्क्रिनमा के देख्न मिल्ने अथवा के देख्न नमिल्ने लगायतका कुराहरूको व्यवस्थापन गर्न सक्छन् ।
४. सुरक्षित फोल्डर क्रियट गर्न मिल्ने फिचर
सामसङले आफ्ना मिडरेन्ज र फ्ल्यागशिप स्मार्टफोन प्रयोगकर्ताहरूको लागि ‘सेक्योर फोल्डर’ नामक फिचर ल्याएको छ । यस्तो प्रकारको फोल्डरमा मोबाइलमा भएका कुनै पनि फाइलहरू सुरक्षित गरेर राख्न सकिन्छ ।
५. सामसङ डेक्स (Samsung DeX) फिचर
धेरै फोटो इडिट गर्नुपर्यो, अथवा वर्ड प्रोसेसिङको काम गर्नुपर्यो भने यो फिचर उपयोगी हुन्छ । प्रयोगकर्ताले यो फिचर प्रयोग गरेर आफ्नो फोनलाई कीबोर्ड, माउस अथवा कम्प्युटर मनिटरसहित प्रयोग गर्न सक्छन् ।






