Comments Add Comment

Advertisment

SKIP THIS

सर्बिया पठाइदिन्छु भन्दै १२ लाख ठगेको आरोपमा निरोज बुढाथोकी सिनामंगलबाट पक्राउ

काठमाडौं । सर्बिया पठाइदिन्छु भन्दै १२ लाख ठगेको आरोपमा एकजना पक्राउ परेका छन् । सर्लाही हरिवन नगरपालिका-५ घर भई काठमाडौं-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकी सिनामंगलबाट पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले ४ जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भनेर फकाएका थिए ।

 

प्रत्येक व्यक्ति साढे ५ लाख रुपैयाँ लाग्ने र पुगेपछि मासिक एक लाख भन्दा बढी तलब हुने कृषि कम्पनीमा काम लगाइदिन्छु भनेर भनेका थिए । त्यसरी पटकपटक गरी पीडितहरूबाट १२ लाख लिएर उनी सम्पर्कबिहीन भएको थिए ।

वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्र पठाएपछि उनलाई सोमबार सिनामंगलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले विभागमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै