Comments Add Comment

Advertisment

SKIP THIS

खोटाङमा १८ घर पहिरोकाे जोखिममा

२३ साउन , काठमाडौं । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका १८ घर सुख्खा पहिरोको जोखिममा परेका छन् ।

जनकल्याण आधारभूत विद्यालय पनि जोखिममा परेको व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले बताए । पहिरोले रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतको घर पहिरोको उच्च जोखिममा परेको छ ।

उनीहरूको घरबाट करीब ६० मिटरको दूरीमा पहिरो गएको छ । शनिबार राति ठूलो सुक्खा पहिरो खसेको थियो । विद्यालयको खेल मैदान नजिकसम्म पहिरो गएको छ ।

उक्त पहिरोले दिप्दीमावा–माझगाउँ–देल्बाया सडकको २ सय मिटर बगाएको छ । केही मुनिबाट शरू भएको अर्को पहिरोले माझगाउँ जोखिममा पारेको छ ।

२ र ३ वर्षदेखि सामान्य धाँज फाटेको पाखोमा सामान्य वर्षा हुँद नै पहिरो गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै