Comments Add Comment

Advertisment

SKIP THIS

सिंहदरबारभित्र कर्मचारीद्वारा ‘पेन डाउन’

२३ साउन , काठमाडौं । सिहंदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलन गर्दै ‘पेन डाउन’ गरेका छन् ।

निजामती कर्मचारी युनियनका अनुसार ‘नासु बचाऊ अभियान’को नेतृत्वमा आज ‘पेन डाउन’ गरिएको हो । अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।

उनीहरुले पहिलो चरणमा ‘पेन डाउन’ आन्दोलन गरेका हुन् । आन्दोलित कर्मचारीहरू अहिले सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा वृहत् आन्दोलनको तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै