Comments Add Comment

Advertisment

SKIP THIS

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

१७ चैत , काठमाडौं । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ वर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । बुधवार राती साँढे ७ बजेको समयमा राईले आफ्नै ३७ ब वर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको छ । पक्राउ परेका राईले सामान्य वादविवादको क्रममा रिसले श्रीमतीलाई खुकुरी प्रहार गरेको सोही कारणले राईको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिकबाट खुलेको प्रहरीले बताएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै