Comments Add Comment

Advertisment

SKIP THIS

इन्स्पेक्टर हृदेश सापकोटाको टोलीले हिरासतबाट फरार अभियुक्तलाई पक्राउ

२४ साउन , काठमाडौं । जबर्जस्ती करणी मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका बाँके खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुल खान पक्राउ परेका छन्।

बर्दिया बाँसगढी नगरपालिकाकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा राखिएका खान गत साउन ९ गते खाना खाने समयमा सेन्ट्री बसेका प्रहरीलाई झुक्याएर भागेका थिए। फरार भएका उनलाई प्रहरी निरीक्षक हृदेशकुमार सापकोटाको नेतृत्वमा खटिएको टोलीले सोमबार बढैयाताल गाउँपालिका–२ स्थित नेपाल–भारत सीमा क्षेत्रनजिकैबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पक्राउ परेका खानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै