Comments Add Comment

Advertisment

SKIP THIS

धार्मिक पर्यटकीय स्थल अर्घामा भगवतीको सालिक निर्माण हुदैँ

१५ चैत , काठमाडौं । अर्घाखाँचीको धार्मिक पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा भगवतीको विशाल सालिक निर्माण हुने भएको छ ।

सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गर्न लागेको ३३ फुट अग्लो मूर्ति अन्तिम चरणमा पुगेको हो ।

करिब २ करोड लागतमा मुना निर्माण सेवाले निर्माण गर्दै गरेको मूर्ति निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मेयर कमलप्रसाद भुसालको विश्वास छ ।

‘धार्मिक, ऐतिहासिक तथा पर्यटकीय विकासका लागि सालिक निर्माण थालिएको हो,’ भुसालले भने, ‘यो काम सम्पन्न भएसँगै मन्दिरको थप गरिमा बढ्नेछ, अर्घा भगवती मन्दिरलाई संसारले चिन्नेछ ।’

चैते दसैँसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको मूर्ति करिब ४२ क्विन्टलको रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

सन्धिखर्क बजारबाट ७ किलोमिटरको दूरीमा रहेको मन्दिरबाट अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी तथा पाल्लाको केही भागको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै