Comments Add Comment

Advertisment

SKIP THIS

१० हजार लिटर अवैध घरेलु मदिरा तथा ८० हजार लिटर कच्चा पदार्थ नष्ट

२६ साउन , काठमाडौं । महागढीमाई नगरपालिका-३ र १० गंजभवानीपुर टोलस्थित विभिन्न घरमा संचालन भइरहेका अवैध मदिरा भट्टी पसलबाट करिब १० हजार लिटर अवैध घरेलु मदिरा र करिब ८० हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बुधबार दिउँसो प्रहरीले नष्ट गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले स्थानिय प्रतिनिधिहरूको रोहवरमा खोजी गर्दा घरभित्र १०/१२ हजार लिटर भन्दा बढी भण्डारण गर्न सकिने पक्की अण्डरग्राउण्ड ट्याङकीहरू निर्माण गरी अस्वस्थकर र न्यूनगुणस्तरको रक्सी उत्पादन गर्न लुकाई छिपाई भण्डारण र संचालन गरिरहेका १७ वटा अवैध भट्टीहरू उक्त मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको हो ।

साथै रक्सी उत्पादन गर्ने मेसिन, भाडाकुडा र ड्रमहरू नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको र आगामी दिनमा समेत यस्ता कामलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै