Comments Add Comment

Advertisment

SKIP THIS

नागरिक एपबाट सवारी कर तिर्नुअघि रकम यकिन गर्न आग्रह

२८ साउन काठमाडौ ।  नागरिक एपले आफ्नो प्लेटफर्म प्रयोग गरी सवारी कर तिर्ने सेवाग्राहीलाई भुक्तानी गर्नुअघि रकम यकिन गर्न आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै एपले कर रकम यकिन गरेरमात्रै अनलाइन भुक्तानी गर्न आग्रह गरेको हो ।

‘नागरिक एपबाट सवारी कर तिर्दै हुनुहुन्छ भने कृपया भुक्तानी गर्नुअगाडि भुक्तानीको रकम यकिन गरी भुक्तानी गर्नुहोस्,’ सूचनामा भनिएको छ, ‘यदि देखाइएको रकममा शंका लागेमा यातायात कार्यालयमा सम्पर्क गर्नुहोस् ।’

साथै भुक्तानी भइसकेको राजस्व फिर्ता नहुने समेत एपले जनाएको छ ।

‘राजस्व खातामा दाखिला भएको रकम रिभर्ट (फिर्ता) गर्ने व्यवस्था नै छैन । सवारी करको हकमा यदि बढी दाखिला भयो भने यो अर्को आर्थिक वर्षमा मिलान गर्न सकिन्छ,’ सूचनामा उल्लेख छ ।

नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment