उदयपुर जीप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो -
Comments Add Comment

उदयपुर जीप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

१ चैत , काठमाडौ । उदयपुरको बेलका ७ बाखाकुवामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मृत्यु हुनेमा सवारी चालक मानबहादुर बस्नेतको सनाखत भएको हो । अन्य १ जना ६–७ महिनाको बच्चासहित ३ जना महिला र २ जना पुरुषको मृत्यु भएको छ । उनीहरूको सनाखत भने हुन सकेको छैन ।

प्रहरीले अन्य ८ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाएको जनाएको छ । घटनास्थलमा प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ । धरानबाट भोजपुरका लागि छुटेको बोलेरो दुर्घटना भएको हो । को १ ज २५९३ नम्बरको बोलेरो बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेको सनाखत हुन सकेको छैन । ओरालो सडकमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment