२९ साउन , काठमाडौ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र हवल्दारको १६ वर्षमै पेन्सन बनाउने प्रस्ताव गृह मन्त्रालयबाट स्वीकृत भएको छ ।
प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयबाट गएका प्रस्ताव स्वीकृत गर्दै गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
यो प्रस्ताव स्वीकृत भए दुवै प्रहरीमा तल्लो दर्जाका प्रहरीको छिटो पेन्सन हुनेछ । प्रहरी प्रधान कार्यालयले प्रहरी कार्यालय सहयोगी, प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मको १६ वर्षमा पेन्सन हुने व्यवस्था गर्न प्रस्ताव गरेको छ ।
प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मको १८ वर्षमा पेन्सन हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मका सबैको पेन्सन भने २० वर्षमै कायम हुनेछ ।
२०६० चैत २६ गतेपछि प्रहरीमा भर्ना भएर त्यसभन्दा पछि नेपाल प्रहरी सेवामा नियुक्त हुने प्रहरीले यो सुविधा पाउनेछन् ।
सशस्त्र प्रहरीमा पनि यस्तै व्यवस्था गर्न माग गरिएको छ । सशस्त्र प्रहरी परिचरदेखि वरिष्ठ हवल्दारसम्मको पेन्सन १६ वर्षमै हुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि वरिष्ठ नायब निरीक्षकसम्मको १८ वर्षमा र सशस्त्र प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्मको पेन्सन भने २० वर्षमै हुने व्यवस्था गर्न माग गरिएको छ ।
यो प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएमा दुवै प्रहरीको ऐन संशोधन हुनेछ । र नयाँ व्यवस्था अनुसार तल्लो तहका प्रहरीको छिट्टै पेन्सन हुनेछ ।
स्वीकृत भएको समाचार चाडै सुन्न पाईयोस ।र लागू गरियोस् तत्काल ।
This is among the most well-liked game titles of this sort. If you haven’t experimented with it but, you’re missing out! Try this activity free of charge and see on your own. You gained’t be upset. Continue reading pg slot to find out what will make this sport so Distinctive
फेरि कुन समय देखि पेन्सन नपाउने हाे त्यो पनि खुलाउनु पछि समस्या पर्ला