Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक नियम उल्लङ्घन गर्ने १४ वटा स्कुल बसलाई कारबाही

२९ साउन , काठमाडौ ।  उपत्यका ट्राफिक कार्यालयले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान अन्तरगत काठमाण्डौं उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १४ वटा स्कुल बसलाई विभिन्न कसुरमा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियमानुसार कारबाही गरेको छ ।

काठमाडौंमा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ जना स्कुल बसका चालकले मापसे गरेको अवस्थामा फेला पारेको हो। उपत्यकाका विभिन्न स्थानमा गरेको चेकिङमा १४ वटा स्कुल बसका चालक कारबाहीमा परेका थिए। जसमध्ये ६ जनाले भने मापसे गरेको पाएको हो। कार्यालयले साउन ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान थालेको थियो। यसअघि पनि ट्राफिक प्रहरीले मापसे गरी स्कुल बस चलाउने विभिन्न स्कुल तथा कलेजका चालकलाई कारबाही गरेको थियोजस अन्तरगत विभिन्न स्कुलका ६ वटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटेको छ । आगामी दिनहरूमा समेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी साधनहरूलाई कानून बमोजिम कारवाही गर्ने कार्यलाई निरन्तरता दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै