१६ भदौ , काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख डिआईजी नल प्रसाद उपाध्यायले जिल्ला प्रहरी कार्यालय बर्दियाको निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
निरीक्षण क्रममा डिआईजी उपाध्यायले प्रहरी कार्यालयको भौतिक पूर्वाधारहरु,प्रहरी कर्मचारीहरु मेश,ब्यारेक,बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको थियो । 
निर्देशनको क्रममा डिआइजी उपाध्यायले प्रहरी अनुशासित र इमानदारी भैइ दुरुस्त प्रहरी पोशाक लगाइ आम नागरिकहरु सङ सदैव शिष्ट र सभ्य ब्यवहार गर्न तथा शुन्य शहनशिलताको अक्षरस पालना गर्दै प्राबिधिमैत्री ,प्रमाण र परिणाममुखी अनुसन्धान कार्यमा बिशेष ध्यान दिन र पुराना पेन्डिङ अपराधका मुद्दाहरुलाइ प्राथमिकतामा राखी कार्य गर्न निर्देशन दिनु भयो । 
प्रहरीले पाएको व्यवस्थित भवनको साथै असभावका समानहरुको हिफाजत गरि प्रयोग गर्न ,सामुदायिक साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाइ विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरि नागरिक र प्रहरीको सम्बन्ध सुमधुर बनाउन ,प्रहरीको सक्रियता बढाइ शान्ती सुरक्षामा खलल पुग्ने गतिविधि तत्काल नियन्त्रण गर्न,प्राकृतिक स्रोत साधनको अबैध दोहन रोक्न र सिमा नाका खुल्ला भएको हुदा तस्करी चुहावट नियन्त्रण गर्न अहोरात्र खटी तस्करी चुहावट शून्य अवस्थामा पार्ने र सवारी दुर्घटना न्यूनीकरणको लागि प्रभावकारी चेकिङ गर्न निर्देशन दिनु भयो। 
निरिक्षण पश्चात डिआईजी उपाध्यायले बर्दियाको राजापुर नगरपालिका -०२ बालाबजार स्थित बालाबजारको सभाहलमा राजापुर नगरपालीकाका प्रमुख,निमित्त प्रमुख जिल्ला अधिकारी,राजनैतिक दलका प्रतिनिधिज्यूहरु, स्थानिय जनप्रतिनिधिहरु पत्रकार समाजसेवी बुद्दीजिवी लगायतका २०० जनाको उपस्थितीमा ईलाका प्रहरी कार्यलय राजापुर र राजापुर नगरपालिका २ नम्बर वडा कार्यालयले संयुक्त रुपमा आयोजना गरेको राजापुर नगरपालिकाको शान्ति सुरक्षामा समुदाय र प्रहरी बिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भई राजापुर नगरपालिका लगायत जिल्लाको समग्र शान्ति सुरक्षामा देखिएका चुनौतिहरु, यसका समाधानका उपायहरु,आम जनमानसमा प्रहरी प्रतिको धारणा, गुनासा र सुझावहरुका साथै शान्ति सुरक्षाका सम्बन्धमा समुदाय र प्रहरी बिच हुनुपर्ने सहकार्य तथा निकट भबिश्यमा हुन गईरहेको संघिय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्बाचनको शान्तिसुरक्षाका सम्बन्धमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।






