Comments Add Comment

Advertisment

SKIP THIS

अफगानिस्तानमा विस्फोट : तीन बालबालिकाको मृत्यु

१९ भदौ , काठमाडौ । अफगानिस्तानको हेलमान्ड प्रान्तमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन्।

प्रान्तीय प्रहरी प्रवक्ता अहमद जानले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै उक्त घटना शनिबार दिउँसो हिवाद बजार क्षेत्रमा भएको बताएका छन् । रिपोर्टका अनुसार मारिने सबै विद्यार्थी थिए ।

शुक्रबार पश्चिमी हेरात प्रान्तमा भएको घातक विस्फोटमा प्रसिद्ध धर्मगुरु सहित २० जनाको मृत्यु भएको थियो।हेरात शहरको गुजरगाह मस्जिदमा स्थानीय समय अनुसार राति १२:४० बजे बम विस्फोट भएको खामा प्रेसले तालिवानद्वारा सञ्चालित अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको थियो।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले प्रार्थनाको नेतृत्व गर्ने मौलवी मुजिब रहमान अन्सारीलाई ूधर्मका शत्रुहरूू द्वारा गरिएको कायरतापूर्ण आक्रमणमा मारिएको बताएका छन्।

गत महिना राजधानी काबुलमा दर्जनौं निर्दोषको ज्यान लिने यस्ता थुप्रै विस्फोटहरू भएका थिए।अफगानिस्तानमा तालिबान शासनको एक वर्ष पूरा हुँदै गर्दा यस्ता थुप्रै शृङ्खलाबद्ध विस्फोटहरू भएका छन्। अधिकार समूहहरूले तालिबानले मानवअधिकार र महिला अधिकारको सम्मान गर्ने अनेक वाचा तोडेको बताएका छन्।

गत वर्ष अगस्टमा काबुल कब्जा गरेपछि इस्लामिक अधिकारीहरूले महिला र बालिकाहरूको अधिकारमा गम्भीर प्रतिबन्धहरू लगाएका छन् । मिडियालाई दबाएका छन् भने सञ्चारकर्मीहरूलाई मनोमानी रूपमा हिरासतमा राख्दै यातना दिएका छन्, । आलोचकहरू र विरोधीहरू विरुद्ध विभिन्न लाञ्छाना लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै