Comments Add Comment

Advertisment

SKIP THIS

कर्णाली प्रदेश योजना आयोगका सदस्य शाहीले दिए राजीनामा

४ असोज , काठमाडौ । कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले पदबाट राजीनामा दिएका छन् । शाहीले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

राजनीतिक घटनाक्रम र व्यवहारिक समस्याका कारण राजीनामा दिनुपरेको शाहीले बताए । ‘विगतमा बृहत कम्युनिष्ट पार्टी हुँदा मैले आयोगको सदस्य भएको हुँ,’ उनले भने, ‘पछिल्लो चरणमा राजनीतिक घटनाक्रम बदलिएको छ । त्यसैले रानीनामा दिएको हुँ ।’

राजीनामा दिए पनि आफू कर्णाली प्रदेशका लागि स्वंयसेवी भएर काम गर्न तयार भएको र कर्णालीको विकासका लागि सधैं लागि पर्ने शाहीले बताए ।

‘कर्णालीका विकास तथा अन्य कामका लागि सधै स्वंयसेवी भएर काम गर्न तयार छु,’ उनले भने, ‘तर, अहिले आयोगमा रहन उचित नठानेर राजीनामा दिएको हुँ ।’

योजना आयोगका सदस्य शाही विगतका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ​हुँदा कर्णाली योजना आयोगको सदस्य भएका थिए । पछिल्लो चरणमा नेकपामा विभाजन आएपछि उनी एमाले नै रहने भएका कारणले राजीनामा दिएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै