Comments Add Comment

Advertisment

SKIP THIS

चितवनको टिकौली जंगलमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

चितवन, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

आइतबार भरतपुर महानगरपालिका–१२ स्थित टिकौली जंगलमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा भरतपुर– ११ का स्कुटर चालक २० वर्षीय सागर तामाङको मृत्यु भएको हो। स्कुटर पछाडी सवार भरतपुर– ११ कै २० वर्षीय विशान्त ढकालको अवस्था गम्भीर रहेको छ। उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

विहान ११ः४० बजेको समयमा टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ६६७४ नम्बरको ग्यास सिलिण्डर लोड गरिएको ट्रकले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ७६८८ नम्बरको स्कुटरलाई पछाडीबाट ठक्कर दिएको थियो।

प्रहरीका अनुसार ट्रक चालक तनहुँ घुमाउने बस्ने ५० वर्षीय ढकबहादुर गुरुङलाई नियन्त्रणमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै