Comments Add Comment

७ क्यासिनोलाई ७ दिनमा कर तिर्न महानगरपालिकाको निर्देशन

२० भदौ , काठमाडौं । काठमाडौँ महानगरपालिकाले ७ वटा तारे होटलका क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्राचार गरेको छ ।

आइतबार महानगरपालिकाका राजस्व भिभाग प्रमुख शिवराज अधिकारीले जारी गरेको पत्रमा भनिएको छ, ‘बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पटक-पटक ताकेता गरेपनि आर्थिक वर्ष २०७५ / ०७६ देखि हालसम्म कर नबुझाएकोले गर्दा ७ दिनभित्र मनोरञ्जन कर बुझाउनु ।’

महानगरपालिकाले म्यारियट होटलको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलको प्यालेस क्यासिनो, प्याडिसन होटलको क्यासिनो प्याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, सोल्टी होटलको माजोङ इन्टरटेनमेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई ७ दिनभित्र कर बुझाउन भनेको छ ।

यो समाचर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै