Comments Add Comment

मादक पदार्थ सेवन गरेर कलेज हिँडेका एक जना विद्यार्थी ट्राफिक प्रहरी कारबाहीमा

काठमाडाैंकाे नयाँ बानेश्वरको चेल्सी इन्टरनेशनल कलेजमा पढ्ने एक जना विद्यार्थी बिहानै ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । मादक पदार्थ सेवन गरेर कलेज ड्रेसमै हिँडेका उनी दरबारमार्ग ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् ।

कक्षा १२ मा अध्यनरत २१ वर्षीय विद्यार्थी बागमती प्रदेशको ०२–०२३प ७३ ८६ नम्बरको मोटर साइकलमा सवार थिए । स्कुल र विद्यार्थीको सुरक्षा लक्षित ट्राफिक चेकिङमा सोमबार बिहान ५१ जना चालक पक्राउ परेका छन् ।

ट्राफिक प्रहरीका अनुसार सवारी चालक अनुमतिपत्र प्राप्त नगरेका २८ जना, कागजपत्र साथमा नभएका २१ जना र मादकपदार्थ सेवन दुई जना कारबाहीमा परेका हुन् ।

३० साउनदेखि चालेको उक्त अभियान अन्तर्गत हालसम्म १ हजार ८२ जना विद्यार्थी ट्राफिक कारबाहीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै