तारकेश्वर ३ का अध्यक्ष सुर्यमानलाई काङ्ग्रेसले सोध्यो स्पष्टीकरण -
Comments Add Comment

तारकेश्वर ३ का अध्यक्ष सुर्यमानलाई काङ्ग्रेसले सोध्यो स्पष्टीकरण

२५ भाद्र , काठमाडौँ । नेपाली काङ्ग्रेस नुवाकोटले तारकेश्वर गाउँपालिका ३ का अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि सूर्यमान श्रेष्ठ (गणेश) लाई स्पष्टीकरण सोधेको छ । पालिका अध्यक्ष एवम् काङ्ग्रेस नेता शिव अधिकारीमाथि चरित्र हत्या गर्ने गरि अभिव्यक्ति दिएको भन्दै श्रेष्ठलाई ७ दिनभित्र जिल्ला अनुशासन समितिमा स्पष्टीकरण पेश गर्न निर्देशन गरेको हो ।

उनलाई काङ्ग्रेसको विधान २०१७ (संशोधित सहित) को परिच्छेद ९ धारा ३४ उपधारा १ को (क) बमोजिम काङ्ग्रेस पार्टीको आदर्श, सिद्धान्त र नीति विपरीत हुने गरि अनुशासन उल्लंघन गरेको आरोप लागेको समितिका संयोजक श्रीराम श्रेष्ठद्वारा जारी स्पष्टीकरण पत्रमा उल्लेख छ ।

वडा अध्यक्ष श्रेष्ठले पालिकाको बोर्ड खरिदमा कुनै तथ्य र प्रमाणबिनै अध्यक्षले अनियमित गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेगरि स्टाटस् पोस्ट गरेका थिए । पालिकाका प्रमुख प्रशासकीय अधिकृतले सार्वजनिक खरिद प्रक्रिया विशुद्ध प्रशासनिक विषय भएकोले त्यसमा पालिकाका अध्यक्ष लगायत कुनै पनि पदाधिकारीको संलग्नता नरहेको स्पष्ट पारिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै