२७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अनुमति दिन अस्विकार गरेको छ ।
कुनै राजनीतिक दलको विभागमा आवद्ध भएका कारण उनको नाम अस्विकृत भएको हो । निर्वाचन आयोग स्रोतका अनुसार आयोगकै एकजना व्यक्तिले उहाँ कुनै दलको केन्द्रीय विभागमा आवद्ध भएको जानकारी गराएको र त्यसबारे सोधपुछ गर्दा उहाँ आवद्ध रहेको थाहा भएपछि अनुमती दिन नसकेको हो ।
नेकपा माओवादी केन्द्रले २३ मंसिर २०७८ मा जारी गरेको सूचीमा उनी केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको भनी उल्लेख छ ।


