Comments Add Comment

Advertisment

SKIP THIS

कार्यभार सम्हालेको एक वर्ष पुरा भएको अवसरमा प्रधानसेनापति शर्माद्वारा सम्बोधन

२६ भाद्र , काठमाडौँ । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुरा भएको अवसरमा प्रभुराम शर्माले आज नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गरेका छन्।

प्रधानसेनापति शर्माले जङ्गी अड्डामा आज आयोजित एक समारोहबीच सकलदर्जालाई सम्बोधन गरेका हुन्।

सम्बोधनका दौरान प्रधानसेनापति शर्माले कार्यकालको पहिलो वर्षका लागि निर्धारण गरिएका लक्ष्यहरु र प्राप्त उपलब्धिहरूको समीक्षा गरेका थिए।

उनले प्राथमिकताका क्षेत्रहरुमा जोड दिँदै आगामी कार्यदिशाका बारेमा सकलदर्जालाई जानकारी गराएका थिए।

प्रधानसेनापति शर्माले सम्बोधनका दौरान नेपाली सेनाको कफि टेबल बुक र लिडर्स रिडिङ कलेक्सनको विमोचन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै