२८ भाद्र , काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त भएका छन् । हालका प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउन लागेकाले सोमबारको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गरेको हो ।
थापा विभागमा अतिरिक्त अनुसन्धान निर्देशक थिए । उनले आगामी ३ बर्ष विभागको नेतृत्व गर्नेछन् । तुलनात्मक रूपमा व्यावसायिक पनि भएकाले ३ वर्षका लागि उनी विभागको प्रमुख हुने सम्भावना यसअघि नै थियो । कमाण्डिङ क्षमता राम्रो भएका थापा वरीयतामा अगाडि रहेकै कारण गुप्तचर विभागको नेतृत्व लिन सक्षम थिए ।
उनीसँगै प्रमुखको प्रतिस्पर्धामा ओम जोशी थिए । त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको पदमा टेकेन्द्र कार्कीको बढुवा भएको छ । अब तीन वर्षपछि जोशी र कार्कीबीच विभागको प्रमुखका लागि प्रतिस्पर्धा हुने भएको छ ।
हाल सो विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेको छ ।







