Comments Add Comment

Advertisment

SKIP THIS

मलाई निवासबाटै निस्किन रोक लगाइयो : चोलेन्द्रशमशेर जबरा

२ आश्विन , काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासबाटै निस्किन रोक लगाइएको छ। आइतबार सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर सरकारले जबरालाई निवासबाट निस्कन रोक लगाएको हो।

खबरहबसँग संक्षिप्त कुरा गर्दै जबराले माथिको आदेश भन्दै निवासबाटै निस्कन रोक लगाइएको बताए। ‘म अदालत जान निस्कँदै थिए। निवासको गेटमै तालाबन्दी गरी निस्कन अवरोध गरियो।’ उनले भनेका छन् ।

सरकारले जबरालाई सर्वोच्च जान नदिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको बताइएको छ । प्रहरी प्रधान कार्यालयले पनि जबराको सुरक्षामाका खटिएका सुरक्षा अधिकारीलाई सर्वोच्च जाने स्थिति नरहेको भन्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

उनले महाअभियोग शनिबार रातिबाटै निष्क्रिय भइसकेकाले आफू नियमित काममा हाजिर हुन पाउनुपर्ने बताएका छन्। ‘मलाई अदालत जान नदिनु भनेको नजरबन्द नै हो।’ उनले भनेका छन्। जबराले आफ्नो कार्यकाल मंसिर २७ गतेसम्म रहने जिकिर गरेका छन्।

जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन बार एसोसिएसनलगायतका वकिलहरू अदालत परिसरमा धर्ना दिइरहेका छन् भने बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको संसदको कार्यकाल नै सकिएको भन्दै जबरा आइतबार सर्वोच्च पुग्ने बताएका थिए। समितिको बहुमतले जबराविरुद्ध महाभियोग लगाउन सिफारिस गर्दै शनिबार प्रतिवेदन बुझाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै