Comments Add Comment

Advertisment

SKIP THIS

फिलिपिन्समा २ हजार ३०० जनामा कोरोना सङ्क्रमण, एकै दिन ३५ जनाको मृत्यु

३ आश्विन , काठमाडौं । फिलिपिन्समा २ हजार ३०० जनामा कोरोना सङ्क्रमण, एकै दिन ३५ जनाको मृत्यु फिलिपिन्समा आइतबार मात्र दुई हजार तीन सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।यहाँ केही दिनयता कम्तीमा पनि दुई हजार जनामा सो सङ्क्रमण देखिने गरेको बताइएको छ । यहाँको स्वास्थ्य विभागले आइतबार मात्र यो सङ्क्रमणबाट कम्तीमा पनि ३५ जनाको ज्यान गएको जनाएको छ ।

यो समेत गरेर यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्ममा कम्तीमा पनि ६२ हजार जनाको ज्यान गएको छ । यहाँ कोरोना भाइरसका सक्रिय सङ्क्रमितहरु बढेर २६ हजार भन्दा बढी पुगेको अधिकारीहरुले जनाएका छन् ।

साथै यहाँ यो भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेम्ममा ३९ लाखभन्दा बढी नागरिक सङ्क्रमित हुन पुगेका छन् । यहाँका ७२ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको पूर्ण मात्रा खोप दिइएको पनि समाचरामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै