Comments Add Comment

Advertisment

SKIP THIS

अदालतको आदेशप्रति बालेनको टिप्पणी- टुकुचालाई खोला भन्न नसक्ने भए नेपाललाई कसरी देश भनी प्रमाणित गर्नुहुन्छ ?

५ असोज, काठमाडौ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अदालतको आदेशप्रति टिप्पणी गरेका छन् ।

केही दिनअघि उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनाइएका संरचना नभत्काउन महानगरविरुद्ध ‘स्टे अर्डर’ दिएको विषयलाई लिएर बालेनले सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन् ।

‘फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ’, उनले फेसबुकमा लेखेका छन्, ‘अदालतले टुकुचा (इच्छुमती ) नदिलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’

टुकुचामाथि संरचना बनाएर व्यवसाय गरिरहेका केही व्यवसायीले उच्च अदालत पाटनमा महानगरको गतिविधिविरुद्ध अन्तरिम आदेश माग गर्दै निवेदन दिएका थिए ।

यसअघि नर्भिक अस्पतालको संरचना नभत्काउन भन्दै सर्वोच्चले आदेश जारी गरेपछि ब्याक भएका बालेनले त्यसको पूर्ण फैसलाको प्रतिक्षामा छन् । त्यही क्रममा बालेनले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चले लिखित जवाफ पनि मागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै