Comments Add Comment

Advertisment

SKIP THIS

धोबीखोला करिडोरका अवैध संरचना हटाउन मन्त्री चौधरीको आग्रह

८ असोज , काठमाडौँ । शहरी विकासमन्त्री मेटमणि चौधरीले धोबीखोला करिडोरमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका छन् । शनिबार धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै मन्त्री चौधरीले धोबीखोला करिडोरको केही स्थानमा मात्रै सडकको मापदण्ड मिचेर संरचना बनाएको पाइएको भन्दै मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका हुन् ।

अनुगमनका क्रममा उनले सडक छेउमा रहेका आवतजावतलाई कठिनाइ हुने गरि पार्किङ नगर्न पनि आग्रह गरेका थिए । उनले धोबीखोला करिडोरको फुटपाथमा रहेका बिधुत प्राधिकरणको भूमिगत तारको बक्सहरूको कारण आवतजावतमा कठिनाइ भएको पाइएकाले यस विषयमा प्राधिकरणसँग छलफल गर्ने बताए ।

त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले केही समय अघि सडकमा रहेका निर्माण सामाग्री हटाइएपछि अहिलेको अवस्था बुझ्न अनुगमन गरिएको बताए ।

ढकालले धोबीखोला करिडोरको स्तरोन्नतिको काम भइरहेको जानकारी दिए । उनले धोबीखोला करिडोरमा नियमित अनुगमन गरि व्यवस्थीत गर्ने कामलाई जारी राख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै