Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा एकैदिन मापसे गरी सवारी चलाउने २२३ जना समातिए

९ असोज , काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २२३ जना चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने कुल ३ हजार ३३५ जना सवारी चालकलाई कारबाही गरेको थियो ।

कारबाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने ४३ जना, रेड लाइडमा सवारी साधन चलाउने ८५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७४ र नम्बर प्लेट राम्रोसँग नराख्ने ३९ जना चालक रहेका छन् ।

यस्तै २ हजार ७७१ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै