९ असोज , काठमाडौँ । अमेरिकी मोडल तथा उद्यमी काइली जेनर संसारकै महंगी सेलिब्रिटी बनेकी छन् ।
उनी सूचीको पहिलो स्थानमा छिन् भने उनको पारिश्रमिक ५८५ मिलियन अमेरिकी डलर छ । अमेरिकी गायिका तथा गीतकार टेलर स्वीफ्ट दोस्रो स्थानमा छिन् र उनको पारिश्रमिक १७०.५ मिलियन डलर छ । फोर्ब्सको तेस्रो स्थानमा अमेरिकी र्यापर र फेसन डिजाइनर केनी वेस्ट छन् । सन् २०२२ वेस्टले १५०.२ मिलियन डलर लिएका छन् ।
प्रतिष्ठित फोर्ब्स म्यागजिनका अनुसार सन् २०२२ मा संसारका महंगा सेलिब्रिटी फिल्म, संगीत, फेसन र खेलकुद क्षेत्रबाट समेटिएका छन् । यो सूचीमा सेलिब्रिटी सम्पत्ति नभएर पारिश्रमिक मात्र जोडिएको छ ।






