Comments Add Comment

Advertisment

SKIP THIS

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

११ असोज , काठमाडौँ । बालुवाटारमा सत्तारुढ गठबन्धन दलका नेताहरुको बैठक जारी छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटका लागि छलफल गर्न बैठक बसेको हो

सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आएका सत्ता गठबन्धनका नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रदेश सभाको सिट बाँडफाँटका लागि छलफल भइरहेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

नेताहरुका अनुसार प्रतिनिधि सभातर्फको सिट बाँडफाँटको विषय लगभग टुंगो लागिसकेको छ । आइतबारदेखि कार्यदलमा प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल हुँदै आएको छ ।

असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै