१२ असोज , काठमाडौँ । जाग्यो नेपाल सामाजिक संस्थाले डेंगी रोग नियन्त्रण गर्न ” देशैभर एकसाथ , डेंगीविरुद्ध हातमा हात “अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। डेंगीको संक्रमण बढदै गएपछि जाग्यो नेपालले देशव्यापी डेंगु नियन्त्रण अभियानमा सहभागी भई डेंगु उन्मूलन गर्ने कार्यमा सहभागी हुन नेपाल सरकार , विभिन्न संघ संस्था, स्थानीय निकाय , राजनितीक दल , कर्पोरेट हाउस , सामाजिक अभियन्ता , सञ्चारकर्मीहरुलाई डेंगी नियन्त्रणमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।



