Comments Add Comment

Advertisment

SKIP THIS

यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिने ४२ जनालाई उपत्यका ट्राफिक प्रहरीले पक्राउ

काठमाडौं , चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिने ४२ जनालाई काठमाडौँ उपत्यकाबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँ बसपार्कबाट ८ जना, माछापोखरीबाट ६ जना र कलंकीबाट ८ जना गरी ४२ जना पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले अनुगमन गर्दा चाडपर्वको समयमा यात्रुहरुलाई तोकिएको भन्दा बढी भाडा लिने, अनावश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधिमा संलग्न रहेका उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग गोंगबु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै