Comments Add Comment

Advertisment

SKIP THIS

परिवारवादमा अल्झिएको राजनीति !

१३ असोज , काठमाडौँ । अहिले संघ र प्रदेशको चुनाव नजिकिंदै छ । दलहरुले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उमेद्ववारहरुको बन्द सुचि बुझाइसकेका छन । यसरी गोप्य सूचि पेश गर्दा काङ्रेस पार्टीकी आरजु राणालगाएत कतिपय नेताका श्रीमती र अन्य आफन्तहरुको चाङ भएकोले सामाजिक संजाललगाएत अन्य मिडियामा व्यापक बिरोधका आवाजहरु गुन्जिरहेका छन ।

कांग्रेसको कोइराला समुहले त देउवाको यस्तो मनोमानी भन्दै पार्टी कार्यालय घेराउ कार्यक्रमसमेत तय गरेका छन । उता गठबन्धनको गाँठो फुकाउन हम्मे हम्मे परेको छ । तथापी, कांग्रेस ८५, माओबादी ४७, एस र जसपालाई १७/१७ र सजमोलाई २ को भाग लगाएर टुङ्याउने कोशिस गरिएता पनि अझै अंकगणित नमिलेर माधव र उपेन्द्र यादब भित्रीरुपमा चिढिएको अवस्था छ । त्यस्तै प्रत्यक्षतर्फको टिकट बाँडफाँडमा पनि नातागोताबादले प्राथमिकता पाउने अवश्यभावी छ । लोसपा भने एमालेसँग करिब करिब मिलेर जाने मनस्थितिमा छ । नेकपा एमालेमा पनि पार्टी प्रवेसको लहर व्यापक हुँदै गर्दा नेताहरुले तिनीहरुको ब्यबस्थापनको वारेमा पनि बुझ्न जरुरी छ । यसरी एकातिर सरकार दैनिक चुनावी भागबन्डामै ब्यस्त छ भने अर्कोतिर दैनिक उपभोग्य बस्तुको भाउ बृद्वि भइरहेको छ । लुटपाट चोरीको घटना बढ्दो छ । बिदेशीको चलखेल व्यापक छ । एकताका एमसीसी र एसपीपीले तातेको सामाजिक संजाल र जनताको रगत अहिले फेरि रास्ट्रपतिद्वारा प्रमाणीकरण नगरिएको नागरिकता बिधेयकवारे अदालतमै रिट परेको छ । अन्य मुद्वा वर्षौंदेखि चाङ लागे पनि यसको सुनुवाई भने परमादेशीको रिमोर्ट कन्ट्रोलले तुरुन्तै समाधान गर्ला जस्तो छ । यसरी सामन्ती प्रथाको अन्त्य गर्दै अघि बढेको यो समाज र यिनलाई समाजवादतर्फ उन्मुख गराउने उदघोषका साथ लागेका दलहरुमा देखिएको उम्मेद्ववारी टिकट प्रणालीको सामन्ती संस्कारले अझैंपनि हामी जनतालाई के विश्वास लाग्न थाल्यो भने शोषक-सामन्तीवर्गको रक्षा किल्लाको रुपमा उभिएको राजतन्त्रको भग्नावशेष नष्ट गरेपनि सामन्ती र दास प्रथा र परिवारवादको राजनीतिक संस्कार भने परिवर्तनकारी दलहरुमा जिवितै छ । लोकतन्त्रको संस्कार विकास गर्नुपर्ने ठाउँमा त्यही मक्कीसकेको सडेगलेर फ्याँकिएको बानी र ब्यवहारलाई ठाउँ दिदै जाने हो भने लोकतन्त्रबाट समाजवादको मार्ग यी भारतीय विस्तारवाद, वैदेशिक एकाँधिकार पुँजीवाद र साम्राज्यवाद शक्तिहरुका दलाल र गुलामी गर्नेहरुबाट सम्भव छैन् । यो कदम पुरानोको ठाउँ नयाँले लिने विरुद्ध हो । जब परिवर्तित समाजमा देखिएको नयाँ सोच र विचारहरुलाई फूलाउन र हुर्काउन कसैले रोक्ने र छेक्ने जमर्को गर्छ भने त्यो विरुद्ध विद्रोह हुन जरुरी देखिन्छ । पक्कै पनि अन्याय र अत्याचारको बिरुद्धमा बोल्दा र लेख्दा मानहानी हैन प्रगतिशीलताले जन्म लिन्छ ।

त्यही शोषक र सामन्ती प्रथाको बिरुद्ध वकालत गर्नेहरु नै अन्तमा सामन्ती संस्कारलाई घुमाउरो पाराले प्रश्रय दिन्छन भने आगामी निर्वाचनबाट जमानत जफत हुने बातावरण हामी जनताले सृजना गर्नुपर्छ कि पर्दैन ? यसवारे सोच्ने बेला आएको छ । जबसम्म यस्ता कुसंस्कारहरुले ठाउँ पाईरहन्छन, तबसम्म समाजको बिकास र निकास सम्भव हुँदैन । त्यतिमात्र हैन परमादेशी एकाँधिकारवाद दलका ठेक्केदार भनौंदाहरुलाई सवक सिकाउँदै हामीले जनताको बहुदलीय जनवादको आडमा समाजवादको आधारशिला निर्माण गर्नुछ । त्यो कार्यभार पूरा गर्न आगामी मंसीर ४ को निर्वाचनलाई नेकपा एमालेमय बनाउन आजैबाट आ-आफ्ना ठाउँबाट भएको क्षमता र सीप प्रस्तुत गर्न ढिला नगरौं । उता टिकटको लागि विद्रोह गरिरहदाँ यता हामी भने जनताको घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै जाऔं । जनताको सुख र दुखमा भिज्न सिकेको नेकपा एमाले जनतामै सदाको लागि समर्पित भावले ओतप्रोत हौं । जनतालाई सर्वशक्तिमान तुल्याउँदै जाने हो भने मुलुकमा हामीले चाहेको जनचाहाना बमोजिमको समाजवादी शासन ब्यवस्था ल्याउन बर्षौ कुर्नु पर्दैन् किनकि कुनैपनि परिवर्तनको संवाहक भनेकै जनता हुन् । जनताद्वारा चुनिएका सच्चा जनप्रतिनिधिद्वारा शासित जनताले नै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरु पाउन सक्छन र हामीमा भएका प्रशस्त जल, जमिन, जंगल, जनावर र खानीको सही सदुपयोग हुनसक्छ । मुलुक र जनतालाई जीर्ण बनाउनु हुँदैन; सुख र समृद्धि बनाउँदै जानुपर्छ । हार्नको लागि जन्मिएको हैन; जितेर गौरवशाली नेतृत्व गर्न पाएको जन्म हो यो । अन्तरघात गर्न निर्वाचन आएको हैन; जनमतको कदर गर्दै मुलुकमा आमूल परिवर्तन गर्न पाएको सुनौलो अवसर हो । कसैले कसैलाई भित्ता र छेउसम्म पुर्याउन यो ब्यवस्थाको जन्म भएको हैन; सबैले सबैसँग मिलेर र नमिलेको बिषयमा पनि मिलन बिन्दू खोजेर हाँसीखुसी जिउन ल्याइएको ब्यवस्था हो । यो निर्वाचन एमालेजनहरु तितरवितर हुँदै विपक्षीको चुनावी राजनीतिक मसला बन्न हैन; शोषक, सामन्ती, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादका ती बिषालु नंग्राहरुलाई जनमतको अपार भीडकासाथ सदाको निम्ति स्वाँह बनाउनु हो । श्नमजीवी नीतिको मन्त्रले मार्गनिर्देशित हुँदै जनजनमा बस्न सफल हौं । यो मुलुक हाम्रै हो; हाम्रा शासक हामी आफैं हौं । जनताले बोलुन अनि दुखले सम्झिउन, भौगोलिक अखण्डताको रक्षार्थ नेतृत्व लिन नेकपा एमालेलाई मनमनमा राखून ता कि, एमालेले पनि गठबन्धनले जस्तै नातागोता र परिवारबादको भेलबाडीमा माछा नमारोस ! जति टिकटमा आफन्तको लागि मनोमानी छ त्यत्तिकै गठबन्धनलाई मात्र नभई सवै पार्टीलाई हानी नोक्सानी छ । सुखी नेपाली र समृद्ध नेपालको संकल्पले सार्थकता पाउन यो निर्वाचनमा जनताले खोजुन नेकपा एमाले । जय देश जय जनता !!

खिमराज गिरी / सरोजकुमार तामाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै