Comments Add Comment

Advertisment

SKIP THIS

लाल मोहमदको हत्यामा संलग्न भएको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गर्ने सफल

काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंका प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान गर्न उपत्यका अपराध महाशाखाको प्रमुख एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको थियो ।

गत असोज ४ गते बेलुकी मोटरसाइकलमा आएका तीन व्यक्तिमध्ये एकले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए । आरोपीहरु पक्राउबारे जानकारी दिन जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ ।                                                                               

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ दुइ जनाले गोली हानेर भागेका थिए । हत्याको योजना भारतिय नागरिक नितेन मदनले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै