Comments Add Comment

Advertisment

SKIP THIS

करिब १९ घण्टापछि प्ले स्टोरमा फर्कियो ई-सेवा

१५ असोज , काठमाडौ । अचानक प्ले स्टोरबाट हटेको ईसेवा पुन उपलब्ध भएको छ ।

शुक्रबार अपरान्ह ५ बजेदेखि प्राविधिक कारणले प्ले स्टोरबाट हटेको ईसेवा पुन : फर्किएको हो । मोबाइलमा पहिले नै इन्स्टल भएको एप बाहेक नयाँ डाउनलोड गर्न चाहने प्रयोगकर्ताहरू यो समस्याका कारण प्रभावित भएका थिए ।

अब भने एन्ड्रोइड प्रयोगकर्ताले यो एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् । यसअघि खल्ती, आईएमई पे लगायतका एप पनि गुगल प्ले स्टोरबाट हटेर पुनः प्ले स्टोरमा फिर्ता आएका थियो ।

तर, पनि बजारमा सुरक्षा कमजोरीका कारण एप प्ले स्टोरबाट हटेको भन्ने विषयहरु बाहिरिएका छन् । कम्पनीले भने यो कुरा गलत रहेको दाबी गरेको छ । आवश्यक कागजातहरू सबै बुझाइ सकेपछि ईसेवा प्ले स्टोरमा फर्किएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै