Comments Add Comment

Advertisment

SKIP THIS

ब्यारेकभित्रै महिला प्रहरी बलात्कृत , खानीखोलाका इन्स्पेक्टर पक्राउ

१६ असोज , काठमाडौ । आफ्नै अंगरक्षक (सुरक्षा गार्ड) प्रहरी महिलामाथि जबर्जस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक अपूर्व ढुंगाना पक्राउ परेका छन् ।

उनलाई महिला प्रहरीको उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिप्रका धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले पुष्टि गरे ।

स्रोतका अनुसार आरोपित प्रहरी निरीक्षक ढुंगानालाई हतकडी लगाएरै जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो । खानीखोलाको प्रहरी निरीक्षकमा पोस्टिङ हुनका लागि पावर र पैसाको प्रयोग हुने गर्छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीका अनुसार महिला प्रहरी बस्ने क्वार्टरमै गएर प्रहरी निरीक्षक ढुंगानाले जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरेर छानबिन भइरहेको छ ।

प्रहरी निरीक्षक ढुंगानाले ती महिला प्रहरीलाई आफ्नै सुरक्षागार्ड बनाएर राखेका थिए । पछिल्लो समय उनीहरुबीच विवाद हुने गरेको र ती महिला प्रहरीले असमझदारी बढेको बेला पछिल्लो हर्कतपछि उजुरी दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै