२४ असोज , काठमाडौ । ४ मंसिरमा हुने प्रतिनिधि सभा चुनावमा सबैभन्दा धेरै उम्मेदवार काठमाडौं क्षेत्र नम्बर १ मा र सबैभन्दा थोरै हुम्ला र मनाङमा रहेका निर्वाचन अयोगले जनाएको छ ।
आयोगका अनुसार काठमाडौं १ मा ३२ जना उम्मेदवार छन् । जसमा महिला १० जना छन् ।
यस्तै काठमाडौं ४ तथा धनुषा ३ र मोरङ ३ मा समान ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् । आयोगका अनुसार काठमाडौं २ मा ५ महिलासहित ३० जना उम्मेदवार छन् ।


