Comments Add Comment

Advertisment

SKIP THIS

खोटाङमा गठबन्धनसहित ८ जना उम्मेदवार

२७ असोज , काठमाडौं । खोटाङमा सत्ता गठबन्धनको रामकुमार राईसहित ८ जना उम्मेदवार रहेका छन् । नेकपा माओवादी केन्द्रका रामकुमार गठबन्धनका साझा उम्मेदवार हुन् ।

यस्तै, यहाँ नेकपा एमालेबाट विशाल भट्टराई चुनावी मैदानमा छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचीअनुसार जनता समाजवादी पार्टी, नेपालबाट कृष्णकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट भोजराज बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनबाट दिपक मगर उम्मेदवार छन् ।

यस्तै, आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट चन्द्रमणि राई र जयन्द्रकुमार राई स्वतन्त्र उम्मेदवार रहेका छन् । सबै उम्मेदवारले प्रचार प्रसार सुरु गरेका छन् ।

खोटाङमा गठबन्धनका उम्मेदवार रामकुमार र एमालेका विशाल भट्टराईबाहेक स्वतन्त्र उम्मेदवार रहेका जयन्द्रकुमार राई बलियो देखिएका छन् । तर, प्रतिस्पर्धा भने गठबन्धन र एमालेबीच नै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै