Comments Add Comment

Advertisment

SKIP THIS

टर्कीमा खानी विस्फोट : २२ जनाको मृत्यु

२९ असोज , काठमाडौं । टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु भएको छ । टर्कीको ब्ल्याक सी तटमा मिथेन विष्फोटले चिरिएको सयौं मिटर कडा चट्टान मुनिबाट २२ शव निकालिएको उद्धारकर्ताहरूले शनिबार जानकारी दिएका छन् ।

विस्फोटका अन्य ८ घाइतेको अस्पतालमा उपचार गरिएको छ । उक्त विस्फोटलाई स्वास्थ्य मन्त्री फहरेटिन कोकाले अहिलेसम्मकै सबैभन्दा घातक औद्योगिक दुर्घटना बताएका छन् ।

‘हामी वास्तवमै खेदजनक अवस्थाको सामना गरिरहेका छौँ’ आन्तरिक मन्त्री सुलेमान सोयलुले भने । विस्फोटबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment