३० असोज , काठमाडौँ । दाङको तुलसीपुरमा खाेलामा बगेर तीन वर्षीय बालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराकाे श्रवण टाेल बस्रने जीवन बस्नेतका छाेरा ललित बस्नेतको खाेलामा बगेर मृत्यु भएको हाे ।
गहते खाेला र पातुखाेलाकाे दोभानमा लुगा धुन गएकी आमासँगै गएका बालक खाेलामा बगेको हो । प्रहरीका अनुसार बालककाे शव झन्डै एक सय मिटर तल झाडीमा भेटिएकाे थियाे ।



