Comments Add Comment

Advertisment

SKIP THIS

एथ्लेटिक्स स्टिपलचेजमा कर्णालीका दुर्गालाई स्वर्ण पदक

३१ असोज , काठमाडौँ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको स्टिपलचेजमा कर्णाली प्रदेशका दुर्गा बहादुर बुढाले स्वर्ण पदक जितेका छन् ।

सोमबार बिहान पोखरा रंगशालाको ट्रयाकमा भएको खेलमा निर्धारित दूरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै कर्णालीका लागि पहिलो स्वर्ण पदक जिते ।

यस्तै, एपिएफ क्लबका अजित यादवले ९ मिनेट २१.१० सेकेन्डसहित रजत पदक जिते । निर्धारित दूरी पार गर्न त्रिभुवन आर्मी क्लबका सुवास कार्कीले ९ मिनेट २२.१५ सेकेन्ड लगाएर कास्य जिते ।

भारतीय सेनामा आवद्ध दुर्गाले यसअघि भारतको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय एरिनामा उत्रिएको भन्दै तीन विभागीय टिम र गण्डकी प्रदेशले उनीविरुद्ध प्रोटेस्ट पनि हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै