Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी गिरीद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण गर्नुको साथै प्रहरी कर्मचारीलाई निर्देशन

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण भ्रमण गर्नु भएको छ ।

डिआईजी गिरिले निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो ।                                                                           

निर्देशनको क्रममा डिआईजी गिरीले नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीसँग समान व्यवहार, नैतिकता र अनुशासित भई प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भयो ।

प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आत्महत्या तथा सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्नका साथै चाडपर्वको समयमा बिशेष ध्यान दिई सुरक्षा ब्यबस्था मिलाउन र निर्वाचन लक्षित बिशेष सुरक्षा सतर्कता अपनाउन कार्यरत प्रहरी कर्मचारी तथा तालिमरत रहेका म्यादी प्रहरीहरु समेतलाई निर्देशन दिनु भयो ।                                                                       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै